अपहरणको आरोपमा पाँच जना पक्राउ



कपिलवस्तु,बैशाख १३ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।

प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । घटना के कारणले भएको हो भन्ने अहिले नखुलेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्