नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्चको अस्वीकार



काठमाडौं,बैशाख १४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले  अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीवार उनीहरूलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गरेको हो । उक्त प्रकरणमा थुनामा रहेकाहरूले रिहाइका लागि सर्वाेच्चमा निवेदन पेस गरेका थिए ।

‘प्रतिवादीहरू टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा हेर्दा निजहरू उपर ठगीको कसूरबाट उठान भएको, विभिन्न कसूरमा सजाय गरी पाउँ भन्ने अभियोग पत्र माग दाबी रहेकोमा प्रतिवादीहरू उपर किटानी जाहेरी रहेको, निजहरूले एक अर्कालाई पोल गरी गरेको बयान बेहोरा, पीडितहरूको घटना विवरण कागजसमेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा निजहरूलाई मुद्दा पूर्पक्षको लागि मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट मिति २०६०।०८।१५ मा भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्