कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद



काठमाडौं,बैशाख १४ । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत, रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीवार  कांग्रेस नेता आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई उक्त सजाय सुनाएको हो । घटनाका अभियुक्त मुक्ति साहले भने सफाइ पाएका छन् । 

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्