सहकारी समस्या समाधानको प्रक्रिया शुरू गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय



काठमाडौं,बैशाख १४ । सरकारले सहकारी र तिनका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल कानुन व्यवस्था गरी उक्त प्रक्रिया शुरु गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैठकमा सहकारीको समस्याका बारेमा गम्भीररूपमा छलफल भएको थियो  । 

त्यस्तै, बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । 

त्यसैगरी, बैठकले हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्