सल बेरिएर बाइक दुर्घटना, एकको मृत्यु



बर्दिवास,बैशाख १५ । पूर्व-पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जनाको अवस्था गम्भीर छ । मोटरसाइकल पछिल्लो चक्कामा सल बेरिएपछि बाइक दुर्घटना भएको बर्दीबास प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी सर्लाही बागमती –४ कि २२ वर्षीया मोटरसाइकल चालक स्मृति कार्कीको मृत्यु भएको हो । प्रहरीकाअनुसार चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको उहाँलाई दुर्घटनालगत्तै बर्दीबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्