शिवपुरी म्युजिकको आठौं वार्षिकोत्सव, श्रष्ठा सम्मान, रोयल्टी वितरण कार्यक्रम सम्पन्न



काठमाडौ,बैशाख १५ । शिवपुरी म्युजिकको आठौं वार्षिकोत्सव, श्रष्ठा सम्मान, रोयल्टी वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक समारोहका बीच काठमाडौको सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा शिवपुरी म्युजिकका सञ्चालक उद्धब कार्कीले संस्थामा आवद्ध विविध विषयमा योगदान पुर्याउने श्रष्ठालाई सम्मान गरेका थिए । कार्यक्रम बीच ‘बाचुन्जेली लिई रहन्छु तिम्रै नाम’ बोलको गीत समेत विमोचन गरिएको थियोे ।

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक शिवनारायण जोशीको प्रमुख आतिथ्यता, पूर्व सास्कृतिक सहचारी भरत जङ उप्रेतीको विशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्