कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध नेपालको शानदार जित



काठमाडौं,बैशाख १६  । कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध पहिलो टी२० खेलमा नेपालले  सानदार जित हात पारेको छ । नेपालले वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो ।

घरेलु मैदानमा रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेल्दा २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका कप्तान पौडेल २७ बलमा अर्धशतक पूरा गरे । उनको यो टी२० करिअरको पहिलो शतक हो ।

घरेलु मैदानमा नेपाललाई अन्तिम ६ बलमा ९ रन चाहिँदा घरेलु दर्शकलाई उकुसमुकुस बनाएको थियो । शुरुआती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशन झाले चौका हानेपछि ३ बलमा ३ रनको अवस्थामा खेल झनै रोमाञ्चक बन्न पुग्यो । गुलशनले अर्को बलमा चौका हान्दै नेपाललाई जित दिलाए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।

दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट हुँदा ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्