आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै



काठमाडौं,बैशाख १६ । सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिए । 

उनले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताए । यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ । 

डा. मरासिनीले औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको बताए । उक्त कार्यक्रममा १९ जिल्लाले निवारणको प्रमाणपत्रसमेत पाइसकेका छन् । हात्तीपाइले रोगमा विभिन्न तीन थरीका औषधी खुवाइने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्