अब नेपालीका लागि चिनियाँ प्रवेषाज्ञा (भिषा) शुल्क नलाग्ने



काठमाडौैं,बैशाख १७ । चीनले नेपालीका लागि प्रवेषाज्ञ शुल्क (भिषा चार्ज) हटाउने भएको छ । नेपाल स्थित चिनियाँ दुतावासले एक सूचना जारी गर्दै आगामी मे १ देखि चीन प्रवेश गर्न चाहने नेपाली नागरिकका लागि प्रवेषाज्ञा पत्रमा लाग्दै आएको  शुल्क हटाइएको जनाएको हो । 

नेपालको तर्फबाट भने नेपाल आउन चाहाने चिनियाँहरूलाई यसअघिनै प्रवेषाज्ञा निशुल्क प्रदान गर्दै आएको छ ।  चीनले नेपाली नागरि बाट साधारण भिषामा लाग्ने शुल्क हाटाएपनि एक्सप्रेश-१ र एक्सपेरेस-२ भिजामा भने शुल्क लाग्ने जनाएको छ । चीनका लागि नेपाली आवासीय राजदूत विष्णु पुकार श्रेष्ठले आर्थिक अभियानलाई छोटो प्रतिक्रिया दिंदै यसको पुष्टी गरे ।

‘नेपालले २० १६ देखिनै चिनियाँका लागि शुलक् फ्रि गरेको छ । हामिले नेपालीलाई पनि चीन यात्रामा भिषा फ्रि गर्नुपर्‍यो भनिरहेका थियौं । यसअघि प्रराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठो चिन भ्रमणको बेला यसबिषयमा छलफल समेत भएको थियो । यो ज्यादै राम्रो भएको छ । नेपालीका लागि चीन भ्रमण सहज हुनेछ,’ उनले भने । 

यसले नेपाल चीन आवत जावत पनि बढ्छ भने नेपाल चीनको सम्बन्ध राम्रो बन्दै गएको छ भन्ने संकेत पनि भएको श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्