फराकिलो मतान्तर बनाउदै सुहाङ

काठमाडौं,बैशाख १७ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै अगाडि बढेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले ११ हजार ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यो दुवैविचको ३९६० मतले अन्तर हो ।
त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत ल्याएर तेस्रो स्थानमा कायमै राखेका छन् । रास्वपाका मिलन लिम्बुलाई १ हजार ५९६ मत प्राप्त भएको छ ।