कांग्रेसलाई पाँच हजार ६६२ मतले पछाडि पार्दै सुहाङ अगाडि



इलाम,बैशाख १७ । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६६२ पुगेको छ।

पछिल्लो परिणाम अनुसार उनले १६ हजार २९९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई १० हजार ५५७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८२५ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ६४५ मत ल्याएका छन् ।  

प्रतिक्रिया दिनुहोस्