मतान्तर बढाउँदै सुहाङ नेम्वाङ



इलाम,बैशाख १७ । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ८५७ मतले अघि छन्। 

पछिल्लो मत परिणामअनुसार सुहाङले १८ हजार १९६ मत ल्याएका छन् भने डम्बरले १२ हजार ३३९ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ९ हजार ३३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार ११८ मत ल्याएका छन्।  

प्रतिक्रिया दिनुहोस्