तरुण दलको भवन निर्माणका लागि नेता गुरुङको २ लाख सहयोग 



काठमाडौं,बैशाख १७ । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य सन्जिव गुरुङले २ लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि गुरुङले २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । 

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको गत चैतको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक कार्यमा सक्रिय गुरुङले भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय कार्यसमितिले जनाएको छ ।

तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा आफुलाई खुसी लागेको नेता गुरुङले बताए । नुवाकोटमा युवा माझ अत्यन्तै लोकप्रिय नेता गुरुङले आफुले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने समेत प्रतिक्रिया दिए।

सोही अनुसार पार्टीले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए । आवश्यक परे वा दलले जिम्मेवारी दिएको खण्डमा आफ्नो भुमिकालाई सशक्त बनाउने तयार रहेको बताए । भवन निर्माणमा दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्