इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



इलाम,बैशाख १८ । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२    मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएका थिए । 

सुहाङसंगै चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन् । 

प्रतिक्रिया दिनुहोस्