यसकारण सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण



काठमाडौं,बैशाख १८ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ । 

सोमबार बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा सुरक्षितरूपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 

उनले भने, ‘रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौं अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।’ 

हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्