छहरे-टोखा गुड्ने विद्युतीय गाडीको भाडा घट्यो



नुवाकोट,बैशाख १८ । नुवाकोटको त्रिशुली हुँदै छहरे-काठमाडौं गुड्ने विद्युतीय गाडीको भाडा घट्ने भएको छ ।

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने निर्णय गरेको हो ।यातायात व्यवसायीहरुले भाडा २० रुपैयाँ घटाएपछि अब त्रिशुली काठमाडौंको भाडा ३३० रुपैयाँ कायम भएको छ ।

टिमुरे यातायात प्रालिका अनुसार त्रिशुली-गल्छी काठमाडौं  हुँदै गुड्ने विद्युतीय गाडी भाडामा भने समायोजन गरिएको छैन । नयाँ भाडादरमा अब ढिकुरे-काठमाडौंका लागि यात्रुले २९० भाडा तिर्नुपर्ने हुन्छ भने छहरे-काठमाडौंका लागि २४० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

समितिले यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार विद्युतीय गाडीको भाडा घटाएको बताएपनि अझै मूल्य निर्धारण सहि नभएको स्थानीयले बताउदै आएका छन् । दुरीको हिसाबले अझै भाडादर हेरफेर हुनुपर्ने यात्रुहरू बताउँछन् ।

हाल टिमुरे यातायातले मात्र छहरे हुँदै काठमाडौंसम्म ३० वटा विद्युतीय गाडी सञ्चालन गर्दै आइरहेको छ भने नेपाल माइक्रो समिति र पासाङ ल्हामु यातायातको साझेदारीमा ४० वटा विद्युतीय गाडी छहरे टोखा हुँदै गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्