काभ्रेको रोशीमा आगलागीबाट विद्यालयसहित १५ घर जले



काभ्रे,बैशाख १८ । जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा आगलागीबाट एक विद्यालय सहित स्थानीयको १५ घर जलेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको आगो बस्तीमा पुगेर विद्यालयसहित घरहरूमा क्षति पुगेको बताए। 

आगलागीबाट रंगिन नेपाल प्राथमिक विद्यालय समेत पूर्ण रुपमा जलेर ध्वस्त भएको स्थानीय भगवान लामाले जानकारी दिए। 

आगो  स्थानीय, प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाले जानकारी दिए। आगो दिउँसो लागेको कारण मानवीय, चौपया क्षति नभए पनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने विवरण प्राप्त नभएको उपाध्यक्ष वाइबाले बताए। 

प्रतिक्रिया दिनुहोस्