अर्थतन्त्रको आकार साढे ३ खर्ब बढेर ५७ खर्ब ४ अर्ब पुग्ने !



काठमाडौं,बैशाख १९ । चालू आर्थिक वर्ष (आव)मा नेपालको अर्थतन्त्रको आकार साढे ३ खर्बभन्दा बढी बढेर ५७ खर्ब ४ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार (आज) सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकमा उक्त अनुमान गरिएको हो । चालू आवमा गरिएको प्रक्षेपण गत आवको स‌ंशोधित अनुमानको तुलनामा ३ खर्ब ५६ अर्ब बढी हो । 

गत आर्थिक वर्ष २०७९/८० मा भने अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । उक्त तथ्यांकमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्