नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण, बजेटको लक्ष्यभन्दा कम



काठमाडौं,बैशाख १९ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उक्त प्रक्षेपण गरिएको हो । यो वृद्धिदर सरकारले बजेटमा उल्लेख गरेको लक्ष्यभन्दा कम हो । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो ।  

चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत हुने तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.३ प्रतिशत र दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो।

यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ प्रतिशत, अन्तरराष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र एसियाली विकास बैंकले ३.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्