मट्टीतेल र डिजलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो



काठमाडौं,बैशाख १९ । डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ ।

आज बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो । 

भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ र डिजेलमा २ रूपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। 

निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ। 

प्रतिक्रिया दिनुहोस्