सर्पले डसेर महिला घाइते



ताप्लेजुङ,बैशाख १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते भएकी छिन ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार बारीमा मकै गोड्नेक्रममा राईलाई सर्पले डसेको थियो । गुर्बे नामको विषालु सर्पले डसेर घाइते हुनुभएकी राईको साब्लाखु स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको लुङगेलीले जानकारी दिए ।

प्रहरीका अनुसार प्राथमिक उपचारपछि घाइते राईलाई थप उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको छ । ताप्लेजुङसहित पूर्वका पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नभएकाले सर्पदंशका घटना भएमा बिरामी (घाइते) लाई उपचार गर्न चारआली लैजाने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्