पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशन शुरु



नुवाकोट,बैशाख १९ । नेपाल पत्रकार महासंघ नुवाकोटको अधिवेशन शुरु भएको छ । महासंघको बुधबार जिल्ला अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन शुरु भएको हो ।

महासंघले अधिवेशनका लागि सम्पूर्ण सदस्यहरुलाई यस अघिनै उपस्थितिका लागि आग्रह गरेको थियोे । पत्रकार महासंघ नुवाकोटका सदस्यता सुद्धिकरण गर्ने भन्दै झण्डै ३० प्रतिशत सदस्यहरुको नाम काटिएको छ ।

पत्रकारितामा सक्रिय नभएका र अन्य पेशा व्यवसाय भएकाहरु समेत सदस्य भएको भन्दै सदस्यता सुद्धिकरण गरिएको महासंघको दावी छ । तर प्रेस युनियनले भने सदस्यता सुद्धिकरणका नाममा युनियनमा आवद्ध पत्रकार हरुको नाम काटिएको भन्दै विरोध जनाउँदै आएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका नेता तथा वाग्मती प्रदेशका सभासद बहादुर सिंह तामाङको रहेकोे छ।

प्रतिक्रिया दिनुहोस्