इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता



इजरायल,बैशाख २० । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनाशकारी युद्धको शृङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ  ।

गाजाको उत्तरी सीमामा अवस्थित एक मात्र क्रसिङ क्षेत्रमा सामान भरिएका ३० ट्रक पठाइएको हो । युद्धअघि पैदल यात्री यातायातका लागि एक मात्र क्रसिङ पोइन्टका रूपमा सञ्चालनमा थियो । आक्रमण  पहिले, मुख्यतया कूटनीतिज्ञ, सहायता कर्मचारी र पत्रकारहरू र प्यालेस्टिनीहरूले उक्त मार्ग प्रयोग गर्थे  भने ट्रकहरू जस्ता मालवाहकले गाजापट्टीको दक्षिणी छेउमा केरेम शालोम क्रसिङ प्रयोग गर्थे ।

इन्जिनियरिङ एकाइहरू र अतिरिक्त आइडिएफ सेनाहरूद्वारा क्षेत्रमा इन्जिनियरिङको काम पछि इरेज क्रसिङमार्फत मानवीय सहायताको प्रवेश सम्भव भएको थियो । इन्जिनियरिङ उपकरणहरू प्रयोग गरेर, नवीकरण गरिएको क्रसिङ पहिले नागरिक क्रसिङको रूपमा मात्र प्रयोग गरिएको थियो ।

सेनाले यस क्षेत्रमा निरीक्षण र सुरक्षा पूर्वाधार निर्माण गरी सीमाको इजरायली र गाजा दुवै छेउमा सडकहरू पक्का गरेपछि गाजापट्टीको उत्तरी भागमा पर्याप्त मात्रामा सहयोगको प्रवेशलाई सक्षम बनायो ।

मार्चमा, इजरायली सैनिकहरूले गाजामा फेला परेको सबैभन्दा ठूलो सुरुङको विध्वंस गरी  इरेज सीमा क्रसिङसम्म तथा हामासको छेउमा थियो ।

अक्टोबर ७ मा गाजा सीमानजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ४० इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो ।  रासस/एएनआई/टिपिएस

प्रतिक्रिया दिनुहोस्