आगलागीमा परी धादिङमा एक दम्पतीको मृत्यु



काठमाडौं,बैशाख २०। धादिङमा घर जल्दा दम्पतीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।

बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्