१ अर्बको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्कासन गरिने, खरीदका लागि आह्वान



काठमाडौं,बैशाख २१ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार बचतपत्र– २०८६ (५ वर्षे) खरीदका लागि आह्वान गरेको छ । 

कार्यालयले बिहीवार सूचना प्रकाशन गरी १ अर्ब रूपैयाँको उक्त बचतपत्र खरीदका लागि आह्वान गरेको हो । 

यही वैशाख २३ देखि जेठ २२ गतेसम्म विक्री खुला गरिने उक्त बचतपत्र घटीमा रू. १० हजार र बढीमा रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको रकमसम्म खरीद गर्न पाइने सूचनामा उल्लेख छ । उक्त बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहने सूचनामा उल्लेख छ ।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीमा फर्केको ६ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरी)को नाममा खरीद गर्न सक्नेछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्