घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर



काठमाडौं,बैशाख २१ । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ३६ हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । यता, तेजावी सुनको मूल्य भने १ लाख ३४ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार १ लाख ६४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्