घाँसे गीतका लोकप्रिय गायक दलबहादुर डङोलको शोक सभा



काठमाडौं,बैशाख २१ । घाँसे गीतका लोकप्रिय गायक दलबहादुर डङोलको शोक सभाको तयारी गरिएको छ ।

राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा शनिबार शोक सभाको तयारी गरिएको घाँसे गीतका गायक तथा पुराना श्रष्ठा शिवनारायण जोशीले बताए ।

कार्यक्रमको स्थान तार्केश्वरस्थित गुम्बामा ठिक ११ बजे तय गरिएको जोशीले बताए । घाँसे गीतमा ख्याति कमाएका डङोलको गत शुक्रवार काठमाडौस्थित गङ्गालाल अस्पतालमा हृदयघातको कारण निधन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्