बुद्धभूमि नेपाल हाइड्रोपावरले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगसँग माग्यो अनुमति



काठमाडौं,बैशाख २२ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगसँग स्वीकृति मागेको हो ।

कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ । हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्