देश बनाउने जिम्मेवारी एमालेमा भएको सन्देश : महासचिव पोखरेल



काठमाडौं,बैशाख २२ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पछिल्लो उपनिर्वाचनले देशको भविष्य बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको सन्देश दिएको बताएका छन्  । इलाम–२ प्रतिनिधि सभा र बझाङ –१ को प्रदेश सभा निर्वाचनको परिणामले सो सन्देश दिएको उनको भनाइ छ । 

कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र रहेको पनि परिणामले देखाएको चर्चा गरे ।  

इलाम उपनिर्वाचनले कोशी प्रदेश नामकरणलाई पनि अनुमोदन गरेको उनको भनाइ छ । पहिचानको नाममा अस्थिरता मच्चाउनेलाई इलामको निर्वाचनमा मतदाताले अस्वीकार गरेको उनले दाबी गरे ।  

अर्कोतर्फ इलामका जनताले पपुलिज्म राजनीति गर्न खोज्नेलाई पनि बहिष्कार गरिदिएको उनले बताए । पुराना दलप्रति जनताका आशा र भरोसा रहेको परिणामले देखाएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्