कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं,बैशाख २३ । सुनको भाउ स्थिर छ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको पहिलो कारोबार दिन चाँदीको मूल्य भाउ भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको भाउ १ हजार ६४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने चाँदी १ हजार ६४५ रुपैयाँमा किनेबच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्