सी.जी. फुड्स प्रकरण : दोषीलाई कारबाही गर्न उद्योग परिसंघको माग



काठमाडौं,बैशाख २४। सी.जी. फुड्समा शुक्रवार भएको घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघले माग गरेको छ । उद्योग परिसंघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । 

गत शुक्रवार सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात हुनुका साथै त्यहाँको भौतिक सम्पत्ति तोडफोड गरिएको थियो । उद्योग परिसंघले उक्त घटनाको निन्दासमेत गरेको छ । 

‘हालको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडारूपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्