स्कुल भ्यानमा आगलागी



ढल्केवर,बैशाख २४ । जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले कुर्थाबाट स्कुलतर्फ आउने क्रममा सो स्कुल भ्यानमा आगलागी भएको बताए । 

आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै उनले जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जानकारी दिए । आगलागीबाट स्कुल भ्यानमा क्षति पुगेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्