प्रतितोला ८०० रुपैयाँले महँगियो सुन, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,बैशाख २५  । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ३५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज भने बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ६६० रुपैयाँ किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्