नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु



नुवाकोट,बैशाख २५ । नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश ०-२ ०४४ प ३६९२, बागमती प्रदेश -०२ ०४६ प १५२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लाको बेलकोटगढी ८ सिर्खाली जादै गरेको स्कुल बस र मोटरसाईकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो । मृत्यु हुनेमा रुविन रावल, काठमाडौ र स्वीकार राना, ललितपुर रहेका छन् ।

मंगलबार बेलुकी ५ बजे भएको दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौका रितिक तिवारी र उपकार थापा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्