नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद र साढे २३ करोड जरिवाना



काठमाडौ,बैशाख २५ । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ ।

गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको हो । विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज सजाय निर्धारण गरेको हो ।

सुनीलमाथि वैशाख ९ गते दायर अर्को मुद्दा पनि विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्