एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो हरियो धनियाको मूल्य



काठमाडौं,बैशाख २६ । कालीमाटी बजारमा हरियो धनियाको मूल्य एकैदिनमा ५० रुपैयाँले बढेको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमवार प्रतिकिलो १२५ रुपैयाँ औसत मूल्य रहेको हरियो धनिया मंगलबार ४० प्रतिशतले बढेर प्रतिकिलो १७५ रुपैयाँमा विक्री भइरहेको छ । 

त्यसैगरी, मंगलबार नै हरियो धनियाको आगमन भने ३१ प्रतिशतले घटेको छ । सोमवार १ हजार ८० किलोग्राम हरियो धनिया बजार भित्रिएकोमा मंगलबार ७४४ किलोग्राम बजार भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्