मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्वाचित



विराटनगर,बैशाख २६ । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठीसहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । विक्रम सम्बत् २००८ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो वाणिज्य संघको रूपमा रहेको मोरङ व्यापार संघको नाम समेत यो पटक परिवर्तन गरि मोरङ उद्योग व्यापार संघ बनाइएको छ । 

संघको ३३ औं कार्यसमितिको रूपमा वरिष्ठ उपाध्यक्षमा अनिल साह, उद्योग उपाध्यक्षमा विकास बेगवानी, वाणिज्य उपाध्यक्षमा अनिल शारडा र महासचिवमा संजयकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

आगमी दुई वर्षका लागि कार्यसमितिको सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडीया, प्रवक्तामा दिपेश सुवेदी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा मनिष मारु, सुशील सुराना, विवेक अग्रवाल, विनित सिंघानिया, आशिष जाजू, पवन राठी, देवासिश गोल्छा, अमित राठी छन् भने मनोनितमा धीरज महता, बन्दना जैन छन् ।  

वस्तुगततर्फ ओम शर्मा, गोपाल अग्रवाल छन् भने शाखाका तर्फबाट कृष्णप्रसाद रिजाल सदस्य छन् । त्यस्तै, आमन्त्रिततर्फ विनोद बोहोरा, डा. दीपेन्द्र नौलखा, पंकज गोयल, संजीव श्रेष्ठ छन् । महिला संयोजकमा श्रृती शर्मा छन् ।

निर्वाचित भएपछि अभियानसँग छोटो प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष राठीले सुनसरी मोरङ औद्योगिक करिडोरका समस्यालाई सरोकारवाला निकायसमक्ष राखी समाधानको बाटोमा अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस्