आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौ,बैशाख २६ । बुधवार सुनको भाउ स्थिर छ । आजका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ३५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदी १ हजार ६७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्