सांसद सुहाङ नेम्बाङले लिए शपथ



काठमाडौं,बैशाख २६ । नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित नेम्वाङले सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्।

सभामुख घिमिरेले सपथ ग्रहणका क्रममा नेम्बाङलाई सांसदको लोगो लगाइदिएका थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए।

गत बैशाख १५ गते इलाम २ मा सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार बनेका नेम्वाङले शानदार विजयी हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्