वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्डको दाँतको उपचार



काठमाडौं,बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् ।

बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका थिए ।

डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उनले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्