१७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव शुरु



काठमाडौं,बैशाख २७ । १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ बुधवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुरु भएको मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । 

सो अवसरमा राष्ट्रपति पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए । साथै उनले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए । मेला वैशाख ३० गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्