सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो



काठमाडौं,बैशाख २७ । साताको पाँचौ कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

बुधवार १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन भने घटेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ६८५ रुपैयाँ पुगेको छ । बुधार भने १ हजार ६७५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्