महानगरले तालिम दिएका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने



काठमाडौं,बैशाख २८ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको ‘सिप मेला’मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई शहरी योजना आयोगले परीक्षण गर्ने भएको छ ।

बिहीबार मेलाको अवलोकनका लागि गएका शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको बताएका हुन ।

तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ । यसका लागि सिप परीक्षण गर्ने योजनामा छौँ, उनले भने, ‘सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्