२ हजार ३०० रुपैयाँले महँगियो सुन, चाँदीको पनि बढ्यो



काठमाडौं,बैशाख २८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ३५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर १ लाख ३७ हजार ९०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ७३५ रुपैयाँ कायम भएको छ । बिहीबार भने प्रतितोला १ हजार ६८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्