काभ्रेमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा पुरुषको शव भेटियो 



काभ्रे,बैशाख २८ । जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

शुक्रबार बिहान साढे ८ बजे काभ्रे पाँचखाल नगरपालिका-४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलमा परिचय नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको मुख र छातीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शवको प्रकृति हेर्दा घटना २ साता अगाडि नै घटेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्