पर्यटन प्रर्वद्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न निर्देशन



काठमाडौं,बैशाख २८ । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. पाण्डले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन पर्वद्धन गर्न सकिने बताए ।

बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधैं सकारात्मक रहेको बताए । उनले पर्यटन प्रर्वद्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न निर्देशन दिए ।

यस्तै बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नु पर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैंसाथ सहयोग रहने बताए ।

सोही अवसरमा बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्