टोखा झोरका साहित्यकार सम्मानित



काठमाडौं,बैशाख २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा कलम चलाएका श्रष्ठा सम्मानित भएका छन् ।

शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक कार्यक्रम बीच साहित्यिक व्यक्तिलाई सम्मान गरिएको हो । टोखा नगरपालिका वडा नम्बर १ को आयोजनामा भएको साहित्य जगेर्ना तथा प्रवर्द्धन कार्यक्रम १०८१ अन्तर्गत झोरमा लामो समय विभिन्न विधामा चर्चा बटुलेका ब्यक्तिलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा झोरका स्वर्गीय मंगलबहादुर तामाङ, स्वर्गीय भैरव अधिकारी, नरहरी दुलाल, श्यामकाजी श्रेष्ठ, शुदर्शन अधिकारी, सुमन धिताल, सुन्दर लामिछाने, ईश्वरीप्रसाद अधिकारी, महेश्वर अधिकारी, दिपेन्द्र घिमिरे, आंचलकुमार शर्मा, शिव शर्मा, माधब बिडारी, हरिकृष्ण धिताल र रेणु अधिकारीलाई नगदसहित सम्मान गरिएको थियोे ।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछाने, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी,विभिन्न साहित्यकार लगायतको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्