दाङमा बञ्चरो प्रहारबाट दुई महिलाको हत्या, अटो चालक पक्राउ



घोराही,बैशाख २९ । दाङको घोराहीमा शनिबार दिउँसो बञ्चरो प्रहार गरेर दुई जना महिलाको हत्या भएको छ।  घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

हत्या गरेको आरोपमा प्रहरीले रोल्पाको थवाङ गाउँपालिका–२ स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१७ बस्ने ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ। मृतकमध्ये एकजनालाई ती घर्तीले घर ल्याउने र लाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्