कपिलवस्तुमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कपिलवस्तु,बैशाख ३० । कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीका अनुसार थारुलाई आइतबार बिहान ७ बजे श्रीमती लक्ष्मी थारुसँगै दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको बताए ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको उहाँको भनाइ छ । लौटनको शव खोलाले बगाएको ठाउँबाट करिब २ किलोमिटर टाढा फेला परेको रायमाझीले बताए ।