नुवाकोटमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न



नुवाकोट,बैशाख ३१ । नुवाकोटको बट्टारमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ ।

बाग्मति प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र नुवाकोट बहिरा संघको आयोजनामा ३ महिने नेपाली सांकेतिक भाषा तालिम शनिवार एक कार्यक्रमका बिच समापन भएको हो ।

गत माघ २८ गतेदेखि सुरु भएको तालिममा जिल्लाका २० जना सुन्ने र ५ जना बहिरासहित २५ जनाको सहभागिता रहेको नुवाकोट बहिरा संघलका अध्यक्ष विक्रम घलेले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले सांग र अपांगता भएको व्यक्तीमा केही फरक नरहेको बताउँदै सांकेतिक भाषासँगै थप सिप सिक्नका लागि आग्रह गरे ।

उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा उर्तान समेत आग्रह गरे । साथै राज्यले सबै नागरिकहरुलाई हेर्ने दृष्टिकोण समान नरहेकोले वहिरा व्यत्तिहरु राज्यको उपेक्षामा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्